काठमाडौं :
पल शाह र वर्षा राउतले नयाँ फिल्ममा दोस्रोपटक सहकार्य गर्न लागेका छन्। ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहाराले निर्माण गर्न लागेको फिल्म ‘अवतार’मा सहकार्य गर्न लागेका हुन्। पलले सोमबार आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फिल्म खेल्न लागेको जानकारी दिएका छन्। सोही फिल्ममा वर्षाको नाम पनि उल्लेख छ । यस अघि पल र वर्षाले ‘नाईं नभन्नू ल ४’बाट एकसाथ डेब्यू गरेका थिए।
आगामी फागुनबाट फिल्मको छायांकन सुरु हुने फिल्ममा निर्देशक बोहोराकै लेखन रहने छ। फिल्मलाई विक्रम डि जोशी र हिरल जोशीले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्ममा पल र वर्षाका अलवा निर्माता जोशी, सलोन बस्नेत, सुशील सिटौला, बाल कलाकार एवेलिना खडकाको पनि अभिनय रहनेछ ।