सुचना, समाचार र मनोरन्जन

बसन्त र सुनितामीको ‘माया हिरिक्कै’मा पल शाह

काठमाडौँ :

सर्जक तथा गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकलयको गीत सार्वजनिक भएको छ । ‘माया हिरिक्कै’ बोलको गीतको भिडियो सुनितामी परियार युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको अडियोमा नवराज पन्तको शब्द छन् भने बसन्त थापाकै संगीत रहेको छ । एरेन्ज भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

गम्भिर बिष्टले निर्देशन गरेको गीतको भिडियोमा नायक पल शाहले अभिनय गरेका छन् । पलसँगै गायिका सुनितामीको पनि अभिनय रहेको छ । पवन सुस्लिङको टिमले खिचेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन्। भिडियोको कोरियोग्राफर प्रशान्त मगर हुन्। शुक्रबार साँझ सार्वजनिक गीतको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेका छन्।

गायिका सुनितामीले आफ्नाले लोकलयको सार्वजनिक गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा आशावादी छिन्। बि.स.२०६६ सालमा पहिलो गीत ‘भिरमा लर्क्यो खर’मा स्वर दिएर साँगितीक यात्रा सुरु गरेकी सुनितामीले अहिलेसम्म झण्डै ९ सय गीत गाइसकेको बताउँछिन् । सुनितामीका यसअघिका ‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’, ‘मेरो बुडाको के मिलेन’ लगायतका गीत हिट छन् ।

Leave A Reply

Your email address will not be published.