सुचना, समाचार र मनोरन्जन

‘कति राम्री’ मा पल शाह–साद्रिनाको आकर्षक केमिस्ट्री

काठमाडौं :

लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सपना रोकाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा रमेश परियारको शब्द तथा नविन परियारको संगीत रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ रूपमा राज खड्काले गरेका हुन ।

भिडियोमा चर्चित अभिनेता पल शाह र मोडल साद्रिना ठकुरीको आकर्षक नृत्य तथा रोमान्टिक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। भिडियोकोनछायांकन बुद्ध थापाले गरेका छन् भने सम्पादन, कलर तथा ग्राफिक्स मनोज कार्कीले गरेका छन्।

रोमान्टिक भावनामा आधारित ‘कति राम्री’ गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतको शब्द, संगीत र भिडियो प्रस्तुतिले प्रेमभावलाई कलात्मक ढंगले प्रस्तुत गरेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.