सुचना, समाचार र मनोरन्जन
Sarangi

राति १ बजे दर्शक भेट्न हलमा पुगे पल शाह,भन्छन,‘नेपाली फिल्मले फड्को मार्‍यो’

काठमाडौं:

जपानबाट नेपाल फर्किए लगत्तै अभिनेता पल शाह आफ्नो फिल्मको प्रमोसनमा जुटेका छन्। प्रदर्शनको छैटौँ दिन मङ्गलवार राति १ बजे ‘पुजार सार्की’को अन्तिम शोका दर्शक भेट्न हलमा पुगेका छन्। मध्यरात १ बजे सकियो। काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे शोका दर्शकलाई भेट्न पुगेका थिए।

उक्त शो सकिने समयमा फिल्ममा अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शकलाई भेट गरेका हुन्। मध्यरातमा पनि आफ्नो प्रिय कलाकार आफ्नो सामुन्ने देखेपछि दर्शकको खुसीको सीमा नै रहेन। त्यसो त नेपाली फिल्मले मध्यरातसम्म शो पाउनु नै दुर्लभ हो, त्यसमा पनि रातको १ बजे छुट्ने शो मा हाउस फुल दर्शक हुनु आफैँमा अचम्मको कुरा हो। मध्यरातमा समेत हल पुगेर आफ्नो सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरेका पल निकै उत्साहित देखिए। उनले आफूलाई नेपाली फिल्मले निकै फड्को मारेको महसुस गरेको बताए।

पलले भने,‘हामीले नेपाली चलचित्रको शो जहिले पनि बढीमा नौ बजेसम्म हेर्थ्यौँ। विदेशी डिमान्डेड चलचित्रहरू चाहिँ अबेर राती पनि चल्ने गरेका थिए। तर, आज भने हामी हाम्रै चलचित्र मध्यरात साढे १२ बज सकिएको प्रत्यक्षदर्शी भएका छौँ, त्यसमा पनि हाउस फुल दर्शकसहित। रातीको शो देख्दा र दर्शकको उत्साह हेर्दा नेपाली चलचित्रले निकै फड्को मारेको महसुस भएको छ।’

मिडियासँगको कुराकानीमा उनी निकै उत्साहित देखिन्थेँ। पल आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमवार साँझ काठमाडौं झरेका थिए। उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे। मङ्गलवार दिनभर पलले हल भिजिट गरी दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए।

निर्देशक राउतले आफूले निर्देशन गरेका सबै चलचित्रहरू मध्ये ‘पुजार सार्की’ बढी सफल भइसकेको बताए। मध्यरातमा समेत हल भिजिट गरेको आफ्नो पहिलो अनुभव रहेको बताउँदै राउतले आफ्नो सपना पुरा भइरहँदा उत्साहित रहेको बताए।

उनले भने,‘व्यवसायिक सफलतासँगै समीक्षागत रूपमा पनि मैले निकै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छु। मेरो एउटै सपना के हो भने मैले बनाउने चलचित्र व्यावसायिक र समीक्षागत दुवै रूपमा सफल रहनु हो, जुन काम अत्यन्त कठिन र जोखिमपूर्ण छ। यो जोखिम मैले उठाएको थिएँ, सफल बन्दै छु भन्ने लागेको छ।’

गत विहिबारबाट रिलिज भएको यस फिल्ममा पलका अलवा आर्यन सिग्देल, प्रदीप खड्का,अञ्जना बराइली,परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ। छैटौँ दिन मङ्गलवार पनि सार्वजनिक विदा भएको कारण बिहानैदेखि दर्शकको चाप हलमा देखिएको थियो। हलमा दर्शकको चाप बढ्नु र बेलुकासम्मका सबै शो हरू हाउस फुल भएपछि देशभरका प्रायः हलहरूले शो थप गरेका थिए।

Leave A Reply

Your email address will not be published.