काठ्माडाैं :
लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएको प्रेरणादायक म्युजिक भिडियाे ‘राधा पियारी’ सार्वजनिक भएको छ। गीत शुक्रबार ओ.एस.आर डिजिटल युटउब च्यानबाट सार्वजनिक गरिएको हो। सिने क्षेत्रका दुई चर्चित कलाकारहरू पल शाह र मलिका महतको प्रभावशाली अभिनयले सजिएको यो भिडियो सन्देशमुलक छ।
पि.एम जोडीको नामले परिचित यी दुईको यो भिडियाे केही विशेष छ। भिडियाे केही सस्पेन्स छ तर आकर्षक बनेको छ। नाम ‘राधा पियारी’ भएपनि गीतको भिडियाेले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। गीत डान्सिङ बिटको छ तर भिडियाेले मनोरञ्जन संगसंगै पीडितहरुको आवाज उठाएको छ।
देशभर छरिएर बसेका तमाम सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै ‘राधा पियारी’ को मुल सार हो। समग्रमा भन्नुपर्दा, भिडियाेले समाज रुपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गरेको छ। भिडियाेमा पल र मलिका पुलिसको भुमिकामा छन । सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेको व्यक्तिलाई यी दुईले कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई भिडियाेले रमाईलो तरिकाले प्रस्तुति गरेको छ। बाँकी कथा बुज्न भने भिडियाे नै हेर्नुपर्ने छ।
पल र मलिका कुनै समयको दर्शकले रुचाएका जोडी हुन। बिचमा नायक पल शाहले बलात्कार केशमा एक वर्ष जेल जीवन बिताउनु परेपछि, उनले आफ्नो करियरबाट केही समय विश्राम लिनुपर्यो। एक वर्ष जेल जीवन कटाएर आईसकेपछि, पल र मलिकाको यो पहिलो सहकार्य हो। पल र मलिकाको जोडी मन पराउने र यी दुईको काम पुन हेर्न पर्खिरहेका दर्शकहरुका लागि यो पहिलो कोसेली पनि हो।
पछिल्लो समयकी डिमान्डेड गायिका शान्ती श्री परियार र गायक कृष्ण बि.केको सुमधुर आवाज रहेको यो गीतमा कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका छन। सार्वजनिक भिडियोमा जि.बि अग्रको निर्देशन रहेको छ। गीत र गीतको भिडियाेले दर्शकको मन छुनेमा निर्देशक जि.बि अग्रि र गायक कृष्ण बि.के विश्वस्त छन।
संयोगले आज ‘राधा पियारी’ गीत सार्वजनिक हुनु र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिनु, एकै दिनमा परेको छ। पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालीको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि आज दिउँसो २ बजे बोलाईएको थियो। रविले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।
नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन। भिडियाेमा अर्जुन तिवारीको सिनेमाटाेग्राफी र सुपृम पराजुलीको सम्पादन रहेको छ।