काठमाडौं :
२ वर्ष अघि फिल्म ‘म यस्तो गीत गाउँछु २’को समयमा नाबालिका बलात्कारमा जेल पसेका पल शाहले यो फिल्म हेर्न नपाएको गुनासो गरेका छन्। उनले पत्रकारसँगको भेटघाट कार्यक्रममा आफुले पूजा शर्मासँग खेलेको यो फिल्म हेर्न नपाएको बताएका हुन्। त्यतिबेला फिल्म हेर्न नपाए पनि अब प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’भने सँगै बसेर हेर्ने र दर्शकको प्रतिक्रिया लिने बताए।
फिल्मको गीत रिलिजका क्रममा एक पत्रकारले तपाई वास्तविक जीवनमा पनि रावण बन्नुभयो नि भन्ने प्रश्नमा रिसाएका थिए। उनले त्यो प्रश्न कसैले नियोजित रुपमा आफुलाई सोधिएको र कसैले सोध्न लगाएको आरोप लगाएका छन्।
पलले भने,‘पत्रकारले कुन हिसावले आफुलाई लिनु हुन्छ सुरुमा आफुले। कुनै नियत बसको पत्रकार हो कि पत्रकारिता हो की हैन। कसैले सिर्कार तैले आज यो प्रश्न गर है,तैले भन्नै पर्छ,तैसे सोध्नैपर्छ। जुन माहोल होस् कन्टेन्ड जेसुकै होस्। सिकाइएको पत्रकार हो की,त्यो उहाँहरुकोमा भरपर्छ। कुन चिजको लागि आउनु भएको छ,प्रेसमिटमा। के को लागि आउनु भएको छ। हामीले के विकाउन,के बेच्न आउन आएका छाँै,त्यो सामान चाही उहाँहरुले नहेर्दिने। आज भन्दा दश वर्षको कुरा गर्दिने। कसैले भनाउन लगाईएको हो।’
कमेन्ट बक्समा त्यस्तो आओस नओस तर त्यो कसैले सोध्न लगाएको आरोप लगाए।
उनले थपे,‘तैले यो सोध्नेपर्छ,यसलाई यसरी घुमाएर सोध है। यसको उत्तर गलत आउनै पर्छ। कमेन्टमा नहोस् बरु। नियतवस देखियो नि अस्ती । कमेन्टमा छैन फेरि।’
पल बोलिरहेको अवस्थामा पूजाले पलको कुरा काट्दै भनिन्,‘भयो भने पनि किन त्यस्तो चिजहरु भन्ने। त्यस्तो कुराहरु हुन्छ नि।’
प्रदर्शनको सघारमा छ। फिल्म प्रदर्शनमा आउन केहि दिन बाँकी छँदा अभिनेत्री तथा निर्मात्री समेत रहेकी पूजा शर्मा प्रचारप्रसारमा व्यस्त देखिन्छिन्। एक्सन जनरामा बनेको यो फिल्ममा तराईको कथा भनिएको निर्माण पक्षको दाबी छ। पलको दोहोरो भुमिका यो फिल्ममा देख्न सकिन्छ भने पूजा एक पत्रकारको भुमिकामा आफुलाई उभ्याउने कोसिस गरेकी छन्। उनी एक दशक अघि टेलिभिजनकर्मी समेत थिइन्। फिल्ममा काम गर्न थालेपछि उनले पत्रकारिता पेशा छोडेकी हुन्। फिल्मलाई उनी आफैले लगानी गरेकी छन् भने सुदर्शन थापाले निर्देशन गरेका छन्।