सुचना, समाचार र मनोरन्जन

कोटीहोममा पुगेर पल शाहले भने : म पनि हजुरहरूको छोरा,बाबु भएर बाँच्न चाहन्छु

काठमाडौं :

कलाकारहरु आफ्नो प्रचारको माध्यम बनाइरहेका छन् पशुपतिको बनकालीमा चलिरहेको कोटीहोमलाई। केहि दिन अघि मोदीबेनीका कलाकार अमरप्रताप श्रेष्ठ,वर्षा शिवाकोटी लगायत पुगेका थिए।उनी पुगेको केहि दिनपछि नै अभिनेता पल शाह आमालाई लिएर पशुपतिको बनकाली पुगेका छन्। कोटी होम पुगेका उनले पहिलादेखि नै आउन मन भएको तर अहिले समय जुरेको बताए।

उनले कोटी होमबाट आफूलाई सुख र दुःखमा साथ दिने सबैलाई धन्यवाद भन्दै कोटीहोम आयोजकलाई धन्यवाद दिए।

पलले भने,‘प्रत्येक आमाबुबाहरूलाई मैले धन्यवाद दिन पाएको थिइनँ । मेरो सुख र दुःखमा तपाइहरुले सधैं नै साथ दिनु भएको छ । म सबैलाई दुई हात जोडेर धन्यवाद दिन चाहन्छु ।’

उनले कोटीहोममा कथा बाचन गरिरहेकी देवी प्रतिभा नेपाली चेली भएको भन्दै उनकै अगाडि खुलेरै प्रशंसा गरे। नेपाल र नेपालीलाई विश्वभर चिनाएकोमा प्रतिभाको धन्यवाद दिनुका साथै केहि मिनेट प्रशंसामा समय खर्चिए।

उनले अगाडि भने,‘मलाई सबै बुबाआमाहरुको आर्शीवाद लागोस् । म पनि हजुरहरूको छोरा, बाबु भएर बाँच्न चाहन्छु ।’

कोटी होम पुगेका पलले आफ्नो तर्फबाट भन्दै मानव आश्रमलाई एक लाख सहयोगको घोषणा गरे।

उनी अभिनित फिल्म ‘पूजार सार्की’ले बक्स अफिसमा राम्रै कमाइ गरेको थियो भने अब उनको फिल्म ‘रावायण’ भदौको २१ गतेबाट रिलिजमा आउँदैछ। उनी यसको प्रचारको तयारीमा समेत लागेका छन्। दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘मायाबी’ पनि रिलिजको क्रममा छ । निर्माण पक्षले यसको बारेमा खासै जानकारी भने दिएको छैन्। यस कोटी होममा अभिनेता निखिल उप्रेती समेत पुगेर प्रवचन दिइसकेका छन्।

Leave A Reply

Your email address will not be published.