सुचना, समाचार र मनोरन्जन

दसैंको मुखमा आयल निगमले घटायो पेट्रोलिय पदार्थको मुल्य

काठमाडौं :

दसैं लाग्दै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाउने निर्णय गरेको हो।

अब मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ।

यता काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम गरिएको छ। आन्तरिक हवाइ इन्धनको मूल्य घटेर प्रतिलिटर १२६ कायम भएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ। आयल निगमले हरेक १५,१५ दिनमा पेट्रोलको मुल्य अन्तराष्ट्रिय बजार अनुसार घटबढ गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.