सुचना, समाचार र मनोरन्जन

‘दुई कदम’लाई बोर्डले दियो ‘पीजी’ सर्टिफिकेट,बाउआमाका साथमा हेर्नुपर्ने भयो फिल्म

काठमाडौं  :

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’ले सेन्सर पास भएको छ। सामेबार केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मले ‘पीजी’ सर्टिफिकेट पाएको हो।

अब यो फिल्म हेर्नका लागि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथमै लिएर फिल्म हेर्नुपर्नेछ । उदय सुब्बाको निर्देशन रहेको फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानालाई पनि देख्न सकिन्छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ । फिल्मको छायांकन धनकुटा,तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

Leave A Reply

Your email address will not be published.