सुचना, समाचार र मनोरन्जन

अनमोलको ‘फर्की फर्की’आगामी जेठमा

काठमाडौं :

फिल्म ‘सानो मन’ का निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फर्की फर्की’को आगामी जेठमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले छायांकन सुरु नहुँदै आगामी वर्षको जेठ ११ गतेलाई हुने भएको हो। फिल्मको प्रदर्शन निश्चित भएको निर्माता रोहित अधिकारीले जानकारी दिएका हुन् । यसअघि फिल्मलाई आगामी फागुन २५ गते रिलिज गर्ने तयारी थियो ।

आइतबारदेखि सुरु भएको वर्कसपमा फिल्मका मुख्य अभिनेता अनमोल केसी, नव–कलाकारद्वय रवि काफ्ले र समृद्धि अर्याल रहेका छन् । यस फिल्मकी मुख्य अभिनेत्री मुख्य अभिनेत्री जसिता गुरुङ बेलायतमा भएकाले उनी वर्कसपमा उपस्थित भएकी छैनन्। उनी केहि दिनमा नेपाल आएपछि यो टिमले जोडिने जनाइएका छन्।

यो फिल्मको छायांकन काठमाडौं, पोखरा र अन्नपूर्ण बेस क्याम्पमा निर्माण पक्षले जानकारी दिएको छ। यो फिल्मको एउटा गीत इन्डोनेसियाको बालीमा समेत गरिने छ। रोहित अधिकारीले ओम प्रकाश अग्रवालसँग सहकार्य गरेर बनाउन लागेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् ।

Leave A Reply

Your email address will not be published.