सुचना, समाचार र मनोरन्जन

पोखरा– १२ः आमाहरूलाई आफन्तसँग नजिक राख्न स्मार्ट फोन तालिम

पोखरा महानगरपालिका वडा नं १२ मा बसोबास गर्ने आमाहरूका लागि स्मार्ट फोन तथा सामाजिक सञ्जाल सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

वडाध्यक्ष सन्तोष बास्तोलाले कार्यक्रम उद्घाटन गर्दै प्रविधिक ज्ञानको अभावका कारण आमाहरू आफ्ना छोरा–छोरी, नाति–नातिना तथा आफन्तजनहरूसँग टाढा हुन नपरोस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । आधुनिक प्रविधिको सही प्रयोगले पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन ।

महिला जनप्रतिनिधि शान्ति कोइरालाले प्रविधिको पहुँच विस्तार भइरहेका बेला महिलाहरूलाई पनि प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको बताउँछिन । अर्का जनप्रतिनिधि शान्त बहादुर थापाले तालिममा सहभागी महिलाहरूले प्रविधिको सही प्रयोगले दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन ।

वडा कार्यालयको आयोजनामा सञ्चालन भएको यस तालिममा सहभागी महिलाहरूलाई स्मार्ट फोनको आधारभूत प्रयोग, इन्टरनेट चलाउने तरिका, सामाजिक सञ्जालहरू जस्तै फेसबुक, मेसेन्जर, युट्युब तथा टिकटक सुरक्षित रूपमा प्रयोग गर्ने सीप प्रदान गरिएको थियो । साथै अनलाइन ठगीबाट कसरी बच्ने, व्यक्तिगत गोपनीयता कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो ।

वडासचिव शारदा सापकोटाले महिलाहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने बताउँछिन ।

तालिममा सहभागी महिलाहरूले प्रविधिको सही प्रयोगले दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन । यस प्रकारका तालिमहरूले समाजलाई आधुनिक प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।

Leave A Reply

Your email address will not be published.