सुचना, समाचार र मनोरन्जन

कसरी सम्भव भयो पोखराको फोहोर व्यवस्थापन ?

बिगत १२ दिन देखी अवरुद्ध पोखराको फोहर मंगलबारबाट व्यवस्थापन भएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि पोखराको फोहोर व्यबस्थापन हुन सकेको थिएन । आज उक्त समस्याको व्यवस्थापन हो ।

मंगलबार महानगरका २९ वटा गाडीबाट लामेआहालको अस्थायी ल्याण्डफिल्ड साइडमा फोहर व्यवस्थापन गरिएको छ ।
महानगरपालिकाको कार्यपालिका बैठकले समस्या समाधानका लागि सदस्यहरु पोखरा २६ का अध्यक्ष नरेन्द्र थापा र पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई संयोजन गर्ने गरी तोकेको थियो । आफुहरुले जिम्मेवारी पाए लगत्तै थापा र अधिकारीले संघर्षसमितिसँग वार्ता र संवादको प्रक्रिया अगाडि बढाएका थिए ।

समस्या समाधानका लागि वडाध्यक्ष थापा र अधिकारीले स्थानिय सरोकारवालासँग महानगरले पटकपटक गरि बिगतमा गरेको गल्तीको क्षमा याचना गर्दै, त्यसलाई सच्च्याएर नयाँ सम्झौता गरि अगाडी बढ्नका लागि आग्रह गरेका थिए । अध्यक्ष थापा र अधिकारीले उच्च अदालत पोखराको आदेशलाई शिरोधार्य गर्दै अर्को फैसला नआउन्जेल सम्मको लागि फोहोर व्यबस्थापनको बातारण तयार गरिदिन सरकोरवालाहरुसँग आग्रह गरेका थिए ।


महानगरबाट संयोजनको भूमिका पाएका अध्यक्ष थापा र अधिकारीले सरोकारवालाहरुसँग पटकपटक सहजिकरण र वार्ता गरिरहेका थिए । बिगतमा पनि महानगरले सम्झौता गरेर कार्यन्वयन नगरेको भन्दै आक्रोशित स्थानियलाई थापा र अधिकारीले अबका दिनमा सम्झौता कार्यन्वयन गराउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता राखेका थिए ।

सोमबार स्थानियसँग बसेको बैठक सहमति नजिक पुगेपनि अन्तिममा केहि स्थानियले बिरोध जनाएपछि पुन बस्ने गरि बार्ता सकिएको थियो । स्थानियलाई थापा र अधिकारीले बार्ता र सम्बाद पनि जारी रहने र फोहोर मैला व्यबस्थापनको वातावरण पनि तयार गरिदिन आग्रह गरेसँगै फोहोर व्यबस्थापन कार्य सहज भएको हो ।

केहिदिनबाट व्यबस्थापन हुन नसकेको फोहोर व्यबस्थापन भएपनि वार्ता र संवादको प्रक्रिया भने नरोकिएको पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नरेन्द्र थापाले बताए । थापाका अनुसार फोहोर व्यबस्थापन गर्नु भनेको स्थानियलाई बेवास्ता गर्नु होईन बरु जनताको समस्याहरुको सुनुवाईको लागि झन बढि जिम्मेबार भएर समस्या समाधान गर्न लाग्नु हो । थापाले भने –‘हामी आज पनि स्थानियहरुसँग छलफल गर्ने बातावरण गरिरहेका छौँ । बिभिन्न चरणको छलफलमा नै छौँ । हामी स्थानियहरुको समस्या समाधान गर्न गम्भिर छौँ ।

आगामी दिनमा यस्ता गल्ति नगर्ने प्रतिबद्धता गरेका छौँ । हामी जनताको समस्या समाधानका लागि लचिलो छौँ । संसारमा ठुलाठुला समस्याहरु त सम्बादको मार्फत हल भएका छन् । यो समस्या हल नहुने कुरा नै भएन । फोहोर व्यबस्थापन गर्दा कुनै अप्रिय घटना नहोस भनेर हामीेले प्रशासनसँग सहकार्य गरिरहेका छौँ । यसले आगामी दिनमा समस्याको गाँठो फुकाउन सहयोग गर्ने कुरामा ढुक्क छु । यहाँ कसैको हारजितको बिषय नै छैन । स्थानिय जनताको पनि समस्या हल हुने र फोहोर पनि व्यवस्थापन हुने गरि समस्याको हल हुनेका कुरामा म ढुक्क छु । ’

अध्यक्ष थापाले मंगलबार २९ वटा गाडीबाट फोहर व्यवस्थापन भएको र स्थानीयहरुको शालिनता र सुजबुझले झडप हुनबाट जोगिएको उल्लेख गरे । उनले भने—उहाँहरुले संघर्ष पनि गरिरहनु भएको छ, तर फोहर फाल्न बल प्रयोग गर्ने अवस्था सिर्जना गर्नु भएको छैन, यसले वार्ता सकरात्मक हुन्छ भन्नेमा विश्वस्त छौं ।

Leave A Reply

Your email address will not be published.