सुचना, समाचार र मनोरन्जन

कुन्साङ र पूजाले मृगस्थलीमा गरे वृक्षारोपण

काठमाडौं  :

फिल्म ‘दान्भी’प्रदर्शनमा आउन केहि दिन मात्रै बाँकी छ। यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई अझै प्रचारप्रसारमा सशक्त बनाउन लागी परेकी छिन पूजा शर्मा। उनको दौडधुप राम्रै देखिएको छ।

प्रचारप्रसारलाई तिब्रता दिदै सोमबार पशुपतिनाथ मन्दिरको मृगस्थलीमा वृक्षरोपणमा पनि सहभागी हुन पुगिन्।फिल्मका अभिनेता कुन्साङ बोम्जनलाई साथमा वृक्षरोपण गर्न पुगेकी थिइन्।उक्त वृक्षारोपणमा पूजाले कोदालोले खाल्टो खन्ने र कुन्साङले विरुवा रोपेका थिए। पूजाले आफु जतिपनि खन्न सक्ने भन्दै उपस्थित सबैलाई हँसाईन्। सोही क्रममा यो कार्यलाई पूजाले एकअर्काको परिपूरक रहेको बताईन्।

उनले भनिन्,‘हामी एकअर्काको परिपूरक हौं भन्ने हिसाबले मिलेर वृक्षरोपण गरेका हौं ।’

पूजाले काठमाडौंमा घरैघर भएको तर रुख कतै कतै रहेको तर्क दिइन्। उनी भन्छिन्, ‘काठमाडौंमा अहिले रुखभन्दा घर धेरै छन् । काठमाडौंमा घरको बढी विकास भएकोजस्तो लाग्छ । यसैले उजाड ठाउँ सकेसम्म कम बनाउन वृक्षरोपण गर्नुपर्छ । हामीलाई बचाउने भनेकै रुखविरुवाले हो।’

रुपेश तामाङले निर्देशन गरेको यो फिल्ममा पूजा र कुन्साङका अलवा किरण श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ। फिल्मलाई लिएर पूजा र किरण निकै उत्साहित देखिएका छन्। कुन्साङ यहि फिल्मबाट आफ्नो करिअरको लेखाजोखा हुने बताउँछन्।

Leave A Reply

Your email address will not be published.