काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दान्भी’ हेरेका दर्शकले पूजाको कामको तारिफ गरेका छन्। शुक्रबार बिहानैबाट हलमा पुगेका दान्भी टिमलाई देखेर दर्शकहरुले गज्जबको नारा लगाएका थिए। हलमा प्रवेश गर्ने वितिक्कै अभिनेत्री शर्माको पक्षमा हुटिङ चलेको थियो।
चाबहिलको क्यूएफक्युबको बिहानी शोमा पूजा फ्यान क्लबले हल नै ‘बुक’ गरेर हेरेको थियो। आखै अगाडि आइपुगेका कलाकार देखेर दर्शकहरु नै भावुक बने। उनीहरुले अभिनेत्री शर्माकै अगाडि आइ लभ यु भनेपछि शर्माले लभ यु टु भनेकी थिइन्। त्यति मात्रै होइन उनका लागि भनेर फ्यानहरुले बेहुला बेहुली झैँ फूलमाला कलाकारलाई लगाउनुका साथै केक नै उपहार दिएका थिए। जुन रोमाञ्चक दृश्य थियो।
हलमा पूजासहित फिल्मका अभिनेताद्वय कुन्साङ बोमजन र किरण श्रेष्ठलाई आइ लभ युको हुटिङ चल्दा निर्देशक रुपेश तामाङ भने बोल्नै सकेका थिएन। यतिको हुन्छ भनेर आफु नसोचेको भन्दै उत्साहित देखिन्थेँ।
अभिनेत्री शर्माले मिडियासँग कुराकानी गर्दै आफुले यो फिल्ममा काम गर्दा पाएको दुख बिर्सिएको बताईन्। त्यतिबेलाको दुख यतिबेला दर्शकको माया पाउँदा बिर्सिन पुगेको उनको भनाई थियो।
‘हामी जति मिहिनेत र दुःख गर्छौं, त्यो दर्शकका लागि गर्छौं,’उनले मिडियामा भनेकी छन्,‘जब दर्शकबाट हुटिङ आउँछ, तब दुःखको समय विर्सिन्छौं । आजकै दिनका लागि हामीले मिहिनेत गरेका थियौं । भोलिका दिनमा पनि दर्शकको माया पाउँछु भन्ने विश्वास छ।’
किरणलाई भने दर्शकको प्रतिक्रियाबाट आफुलाई मज्जाले निन्द्रा लाग्ने बताए। यतिको माया पाइन्छ भनेर नसोचेको भन्दै उनले अब आनन्दले सुत्ने बताए।
उनी भन्छन्,‘यति राम्रो ‘रेस्पोन्स’ आउँछ भनेर मैले सोचेकै थिइनँ । अब आनन्दले सुत्न सक्छु।’
यहि ‘दान्भी’बाटै डेब्यु गरेका कुन्साङ हुटिङ र ताली दर्शकबाट आएपछि मख्ख देखिन्थेँ। उनी यो माया र साथ आफूले जीवनभर नर्बिसने बताए। माला र केक सहित आइ लभ यु पाएपछि मिडियासँग कुराकानी गर्दै उनले भने।‘दर्शकको साथले एकदमै उत्साह जागेको छ । प्रतिक्रिया पनि राम्रो आएको छ । अब म ढुक्क भएँ।’
एक्सन जनरामा बनेको यो फिल्मको भार अहिले पूजा शर्र्माकोमा छ। किनभने उनी बाहेक यसमा अन्य अभिनेता दर्शकमाझ परिचित त्यति छैनन्। किरणको यो दोस्रो फिल्म हो भने कुन्साङको पहिलो। यस फिल्ममा पूजा,कुन्साङ,किरणका अलवा राजाराम पौडेलको पनि अभिनय रहेको छ। एक युवतीले आफ्नो प्रेमिको हत्यारालाई बद्ला लिने भावमा फिल्मको कथा वरिपरी घुमेको छ। नेपाल भारतको विभिन्न स्थानमा फिल्मलाई खिचिएको छ।