सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘दान्भी’को टिजरमा पूजाको बबाल एक्सन

काठमाडौं :

अभिनेत्री पूजा शर्माले अधिकांश फिल्ममा ‘लभर गर्ल’ का रुपमा अभिनय गर्दै आएकी छन्। फिल्ममा उनलाई लभर गर्लका रुपमा सुहाएको थियो। पछिल्लो समयकी हिट नायिकाको रुपमा परिचित पूजा शर्माले फिल्म ‘दान्भी’बाट आफुलाई एक्सन हिरोइन्का रुपमा बदल्न चाहेकी छन्। हरेक फिल्ममा फरक फरक भुमिकामा आफुलाई उनी बदल्न चाहन्छिन् ।

बिहीबार काठमाडौंको विश्व ज्योती हलमा फिल्म ‘दान्भी’को टिजर सार्वजनिक गरियो। उक्त टिजरमा पूजाले सधैँ गर्दै आएको अभिनय भन्दा फरक भुमिकामा प्रस्तुत भएको देख्न सकिन्छ। भरमार एक्सन दृश्यमा देखिएकी पूजाले टिजरमा खलनायकलाई धुलाई गर्नेदेखि खतरनाक स्टन्ट दृश्यमा प्रस्तुत भएकी छन्।

एक मिनेट ३२ सेकेन्ड लामो टिजरले पूजाको कामलाई तारिफ गर्न सकिन्छ। ज्समा उनले को–एक्टर कुन्साङ बम्जनलाई छायाँमा पारेकी छन्। रुपेश तामाङले निर्देशन गरेको फिल्मको टिजर हेर्दा अहिले चलिरहेको फिल्म भन्दा फरक रहेको देख्न सकिन्छ। अभिनेत्री पूजा शर्माले यो फिल्म आफ्नो लागि चुनौती रहेको बताईन्। प

त्रकार सम्मेलनमा उनले भनिन्,‘दान्भी भन्दा पनि ‘मन परेपछि’को यात्रा मलाई याद छ। मन परेपछिबाट भएको यात्रा पछिको हिडाई त्यति कन्फिेडेन्ट थिएन। बीचमा मैले यो फिल्म छोडिसकेको पनि हो।’

उनले थपिन्,‘छोड्दाखेरि के पनि भएको थियो भने लक डाउन थियो। ह्या राम्रोसँग काम गर्छु नत्र गर्दै गर्दिनँ भनेर बसेको थिए फिल्म। तर रुपेश जी यस्तो डाइरेक्टर हुनुहुन्छ,पूजालाई किन राख्ने त,अरु कलाकारहरु पनि त छ। अरु पनि राखन त भन्दाखेरि उहाँले यति जिद्धी,मलाई पूजा शर्मा चाहिन्छ, नत्र फिल्म बनाउदिन भन्नुभएको थियो।’

उनले टिजर हेरिसकेपछि आफुले पनि एक्सन वाला फिल्म नै बनाउन लागेको घोषणा गरेकी छन्। उक्त कार्यक्रममा पूजाले निर्देशक तामाङको तारिफ गरिरहिन। फिल्मको टिजर हेर्दा पनि निकै सुन्दर देखिएको छ। यसबाट पूजा शर्माले आफुलाई एक्सन हिरोइन्को रुपमा समेत उभ्याउन सक्ने सम्भावना देखिएको छ। निर्माण टिमले फिल्मको रिलिज डेट भने तोकेको छैन। उनीहरुको सोच भने अर्को वर्ष रिलिज गर्ने रहेको छ।

Leave A Reply

Your email address will not be published.