सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाल अफ्रिका फिल्म फेस्टिभलमा जुरी अवार्डबाट प्रभात सम्मानित

काठमाडौं :

नेपाल अफ्रिका फिल्म महोत्सव ‘नाफ’मा अभिनय मार्फत सर्वोत्कृस्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन्।उनले फिल्म  “सरी मम” मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।

हलमा सामान्य ब्यवसाय गरेको फिल्म  हेर्ने दर्शकले प्रभातको अभिनयको भने तारिफ गरेका थिए । केही फिल्म  र दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका प्रभातले भने, ‘म यो विशाल उद्योगमा सिक्ने र नवोदित छु । मलाई हाम्रा वरिष्ठ सिनेकर्मीहरुबाट उत्तम मार्गदर्शन र समर्थनको आवश्यकता छ। सिक्न र प्राप्त गर्न धेरै कुरा छन्, र म पुन: पुन: उत्कृष्ट प्रयास गर्नेछु।’

नेपाल र अफ्रिकाबीचको सिनेमा र सांस्कृतिक आदान-प्रदानको रुपमा यो अवार्ड आयोजना गरिएको हो। काठमाडौंमा आयोजित महोत्सवमा दुवै महादेशका विविध सिनेमाहरु प्रस्तुत गरिको थियो।

महोत्सवमा सिनेमा देखाइनुको साथै प्यानल छलफल र कार्यशालाहरू समावेश गरिएको थियो । महोत्सवमा विश्वभरका सिनेकर्मी, कलाकार र सिनेमाप्रेमीहरूले सहभागिता जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.