सुचना, समाचार र मनोरन्जन

प्रबिन वेडवालको स्वरमा‘कलीलो यौवन’ सार्वजनिक

काठमाडौं :

गायक प्रबिन वेडवालको ‘कलीलो यौवन’ को भिडियो सार्वजनिक भएको छ । केपी आचार्यको शब्द , इन्द्र राज परियारको संगीत,आदेश गुरुमाचनको संगीत संयोजन रहेको गीतको भिडियो रिलिज भएको हो।

प्रेम र प्रेमील जोडीबीचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको गीत भिडियोलाई विजय राज भुर्तेलले सम्पादन तथा निर्देशन गरेका छन्। समिर राईको कन्सेप्ट रहेको गीतको भिडियोलाई युदिन योञ्जनले खिचेका छन्। गीतको भिडियोमा गौरप पहारी,समिक्षा पोखरेल र सागर गैरेको अभिनय देख्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.