सुचना, समाचार र मनोरन्जन

प्रचण्डकी नातिनीले गाइन् ‘ज्यानमाया’

काठमाडौं :

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी स्मिता दाहालले ‘ज्यानमाया’ बोलको गीत सार्वजनिक गरेकी छन्। गीतमा नवराज ढुंगानाको शब्द र दीपक शर्माको संगीत रहेको गीतलाई युटुबमार्फत सार्वजनिक गरेकी हुन्।

स्मिताको स्वरमा रहेको डान्सिङ शैलीको गीतको भिडियोमा प्रियंका कार्की, कविता नेपाली र सरोज ओलीले अभिनय गरेका छन्। भिडियोमा प्रियंका र कविता नायिकाको भूमिकामा सुटिङ गरिरहेका देखिन्छन्।

सरोज ओली सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् ।गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । यस अघि स्मिताले‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ गाएकी छन्।

Leave A Reply

Your email address will not be published.