सुचना, समाचार र मनोरन्जन
Sarangi

अहिले नै सरकार हटाउने पक्षमा छैनौं : प्रचण्ड

काठमाडौ/

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।

काठमाण्डौमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको बताउनुभयो । सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको उहाँको दाबी छ ।

अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने काममा नलाग्ने तर, सरकारमा रहेका दलहरू ’भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले आउँदो चुनावमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.