सुचना, समाचार र मनोरन्जन
Sarangi

यसैसाताबाट छायांकन हुदै प्रदीप खड्का अभिनित ‘कामिनो’

काठमाडौं :

अनेक लफडाकाबीच फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ। निर्माणपक्षले यसै साताबाट फिलिपिन्सबाट सुटिङ थाल्ने भएको जानकारी दिएको छ।

फिल्मलाई निर्देशन दीपक वलीले गर्दैछन् भने छायांकन सौरभ लामाको छ। अहिले निर्देशक र छायांकार फिलिपिन्स पुगिसकेका छन् । फिल्मका कलाकार अन्य प्राविधिक भने ३ दिनपछि फिलिपिन्स प्रस्थान गर्ने जानकारी रहेको छ।

फिल्ममा प्रदीप खड्का,नायिका आना शर्माको मुख्य भुमिका रहेको छ। आना र प्रदीपले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.