सुचना, समाचार र मनोरन्जन

सञ्चारमन्त्रीसँग भेटेपछि प्रदीप खड्काले भने,‘ प्रकाशसंग सरकार डराएको देखिएन,प्रकृयागत हिसाबले अगाडी बढेको पाईयो’

काठमाडौं : अभिनेता प्रदीप खड्काले मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा मुख्य विधा (उत्कृष्ट फिल्म) नै गायब भएको विषयमा बोलेका छन्। उनले यो अवार्ड नपाएको समाचार आएर विवादको भुमरीमा फसेपछि सरकारले आफुलाई अवार्ड दिएको तर बोर्डले नदिएको भाव व्यक्त गरेका छन्। जुरीले उक्त विधामा ‘प्रकाश’को नाम सिफारिस गरेको तर सञ्चार तथा सूचना मन्त्रालयले सरकारमा रहेको माओवादीप्रति लक्षित गरेर आरोप लागेपछि सञ्चारमन्त्रालयमा भेटेपछि आफुलाई त्यस्तो नलागेको उनले सामाजिक सञ्जालमार्फत त्यस्तो नभएको प्रष्ट्याएका छन्।

उनले सरकार फिल्म ‘प्रकाश’सँग नडराएको तर, प्रक्रियागत हिसावले अघि बढेको उल्लेख गरेका छन्। उनले लेखेका छन्,‘प्रकाशसंग सरकार डराएको देखिएन, बरू प्रकृयागत हिसाबले अगाडी बढेको पाईयो।’

उनका अनुसार सरकार प्रकृया बुझ्दा व्यक्ती विशेष चाही बरु लेखक विकास सुवेदी आफु चलचित्र प्रेमगीत–३ संग सरकार डराएको बुझिएयो।

‘चलचित्र प्रकाशका आधिकारीक र सम्वन्धित व्यक्तिहरु द्वारा आजको भेट पश्च्यात हालै सम्पन्न रास्ट्रिय अवार्डमा नेपाली चलचित्र क्षेत्रमाथि भएको चरम उत्सृइ.खलता र समग्र चलचित्रकर्मीले भोगेको अन्यायमा न्याय पाउँन RIGHT TO INFORMATION, सुचनाको हकको प्रयोग गर्दै उत्कृष्ट चलचित्र किन घोषणा भएन भनेर प्रश्न गर्ने र आवश्यक परे कानुनी प्रकृयामा जककादा उपयुक्त हुने निस्कर्ष पनि निकालियो,’उनको भनाई छ।

उनले सकेसम्म बोल्न नचाहेको पनि यो न्याय हराएको देश भनिने ठाउँमा अन्याय सहनु पनि गलत नै हो भन्ने चिन्तनका साथ परिआए यहि देशकै न्यायालयको ढोका ढक्ढकाउने भैईयो। जय नेपाल, जय नेपाली चलचित्र उल्लेख गरेका छन्।

उनले अगाडी लेखेका छन्,‘सरकारबाट चलचित्र क्षेत्रको अन्तराष्ट्रियकरणमा जोड दिन प्रतिबद्दता आईरहदा, प्रेमगीत–३ मार्फत सोहि उदेश्य सहितको कदम बढीसकेको जानकारी गराइयो।दिग्भ्रमित गर्ने हिसाबले गरिएको कानूनको उपहासको दोष, कुनै पार्टी विशेष माथी थोपारेर पानी माथिको ओवानो वन्न खोजेकोमा पनी चर्चा भयो ।पार्टी गत हिसाबमा पनी कुनै चित्त दुखाई रहेको छ कि भन्ने जिज्ञासामा, चलचित्र ‘प्रकाश’ सेन्सर पास भएर प्रदर्शनमा आएकाले चलचित्रप्रति कुनै पनि पूर्वाग्रह नरहेको र यहि तर्क जुरीको निर्णय अनुरूप सोहि चलचित्रबाट निर्देशक र नायिकाले अवार्ड पाउनुले प्रस्ट बुझिने तथ्य आस्वस्त पारियो।’

उनले समग्रमा बुझ्दा सरकार र पार्टीको बहानामा व्यक्तिगत रिसिवी साध्न सम्मानित मन्त्रालय साथै पुरा सरकारको नाम प्रयोग भएको बताएका छन्।

उनका अनुसार मलाई अवार्ड नदिँदा अवार्डको औचित्यमा नै प्रश्न आओस, त्यस्तो काम गर्न सकौ भन्ने मान्यतामा हिडेको व्यक्ति म, मिडिया फिल्मकर्मी र शुभचिन्तकप्रति यो शुभेक्क्षा, हौशला प्रति आभार व्यक्त गर्दै यसरी नै मेहेनत साथ चलचित्र क्षेत्रमा आगामी कदम चल्ने मनशाय बनाईयो भनेका छन्।

Leave A Reply

Your email address will not be published.