सुचना, समाचार र मनोरन्जन

पुर्वप्रधामन्त्री भट्टराईले गरे प्रकाश विकल्पको ‘एन्टिथेसिस’को लोकार्पण

काठमाडौं :

नेकपा माओवादी केन्द्रका वौद्धिक नेता प्रकाश विकल्पको नया पुस्तक एन्टिथेसिस प्रकाशीत भएको छ। काठमाण्डौमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व मन्त्री जनार्दन शर्मा गणेश शाह पूर्वराजदुत लीलामणी पौडेल प्राडा. सुधा त्रिपाठी प्राडा. दिनेश भुजु लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा उक्त पुस्तकको लोकार्पण गरिएको थियो। लोकार्पण कार्यक्रममा डा. बाबुराम भट्टराईले पुस्तक माथी टिप्पणी गर्दै एन्टिथेसिस वैज्ञानिक तथ्यका आधारमा लेखिएकोले यसलाई राज्यले लाखौ प्रति छपाएर वितरण गर्न माग गरेका थिए।

समाजवादीका समेत अध्यक्ष रहेका भट्टराईले पुस्तक खोजमूलक ज्ञानवद्र्धक र वैचारिक रहेकोले युवापुस्ताका लागि अध्ययनका लागि उपयोगी हुने बताए । माओवादीका नेता जनार्दन शर्माले पुस्तक विज्ञान प्रविधि र परिवर्तनको पक्षमा रहेकोले पुस्तकलाई युवामाझ लैजान जोड दिए। विकाश क्रममा निरन्तर संघर्ष अनिवार्य हुने कुरामा पुस्तक केन्द्रि रहेकोमा लेखकलाई बधाई दिए। पूर्व विज्ञानमन्त्री गणेश शाह पूर्वराजदुत लीलामणी पौडेल डा. सुधा त्रिपाठी,डा. दिनेश भुजुलाईका व्यक्ताहरुले पुस्तकमा माथी टिप्पणी गरेका थिए।

लेखक विकल्पले आफ्नो पुस्तक माथी धारण राख्दै एन्टिथेसिस हरेक मान्छेलाई मान्छे बन्न प्रेरि गरेको बताए। उनले हरेक नागरिकले परिवर्तनको नियम नबुझेसम्म देश विकाश नहुने समेत बताए। पुनजार्गरण आन्दोलन हुनु भन्दा अगाडीको युरोपसंग नेपालको तुलना गर्दै नेपाल आज पनि करिब करिब डार्क एजमै रहेको उनको धारण थियो। मानवजातिको इतिहास विकाशक्रम विज्ञान प्रविधिको विकाशहुदै आज मान्छे आर्टिफिसियल इन्टेलिजेन्सको युगमा कसरी आईपुग्यो । पुस्तकले यसको जवाफ दिएको उनले बताए। शिखा बुक्स हाउसले प्रकाशन गरेको पुस्तकमा विभिन्न २८ शिर्षकमा मानव समाजको विकाशक्रम लगायतका विषयमा एन्टिथेसिस समेटिएको छ।

मानव सभ्यतासंग सम्बन्धित खोजमुलक यस पुस्तकमा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषय वस्तु समेटिएका छन्। विषेश गरी परिवर्तनको चाहना राख्ने जो कोहिका लागि पनि यो पुस्तक एक उपयोगी पुस्तक रहेको छ । यसअघि उनले देश किन बनेन समृद्धिको रोडम्याप पनि बजारमा उपलब्ध छ ।

Leave A Reply

Your email address will not be published.