सुचना, समाचार र मनोरन्जन

प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज,ल्यापटप र डेस्कटपबाटै पनि हेर्न मिल्ने

काठमाडौं :

अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ अभिनित फिल्म ‘प्रेम गीत ३’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ। २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भएको फिल्मलाई निर्माण टिमले सिनेमाघरमार्फत रिलिज गरेको हो। यो अब मोवाइलका अलवा ल्यापटप र डेक्सटपमार्फत हेर्न सकिनेछ।

यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारले अभियन गरेका छन्।

छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको यो फिल्ममा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ। प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो। तर, यी सबैको बीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम।

फिल्मलाई फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ। सिनेमाघरका सिइओ सागर खरेलका अनुसार, नेपाली भाषा विकल्प र २४ घण्टा प्राविधिक सहयोगको सुविधा पनि छिट्टै उपलब्ध गराइनेछ।

Leave A Reply

Your email address will not be published.