सुचना, समाचार र मनोरन्जन
Sarangi

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलरको चर्चा

काठमाडौं :
यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलरको चर्चा चुलिएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको थियो ।

फिल्मकर्मीहरुले समेत ट्रेलर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दै मन परेको प्रतिक्रिया दिइरहेका छन्। गन्दर्भ समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई चित्रण गरिएको ट्रेलरमा गन्दर्भ भएकै कारण उनीहरुलाई समाजले कसरी भुइँमान्छे बनाइरहेको छ भन्ने कथालाई प्रस्तुत गरिएको छ,। जुन कुरा फिल्मको ट्रेलरमा देख्न सकिन्छ।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको फिल्ममा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मलाई लगानी विनोद पौडेल र प्याट्रिक सुवेदीका ुसाथै कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

निर्माता पौडेलले फिल्ममा गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित रहेको बताए।

फिल्मका बारेमा अभिनेता विजय बराल भन्छन्, ‘यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ।’ दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन्।

आफूले ‘पूर्णबहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए । उनले थपे,‘मलाई टिजर र ट्रेलरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ। मलाई धेरैले व्यक्तिगत रूपमा त्यही प्रतिक्रिया आइरहेको छ । ट्रेलर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइएको छ।’

संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको फिल्ममा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ। फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

Leave A Reply

Your email address will not be published.