सुचना, समाचार र मनोरन्जन

पुष्पा २’ र ‘सिंघम अगेन’ भिड्दै

काठमाडौं :

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति घोषणा भएको छ। फिल्मको रिलिज मिति घोषणाभएसँगै प्रचारप्रसारलाई तिब्रता दिइएको छ। अभिनेताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सेयर गर्दै आगामी अगस्ट १५ मा फिल्म रिलिज गर्न लागेको जनाएका छन्।

यहि मितिमा अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । यि दुवै फिल्मको भिडन्तले दर्शकमाझ कौतुहलता बढेको छ। बक्स अफिसमा अल्लु अर्जुन भर्सेस अजय देवगण, निर्देशक सुकुमार भर्सेस रोहित शेट्टीको प्रतिस्पर्धा हुनेछ। फिल्म ‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको थियो। यसैको सिक्वेलमा ‘पुष्पा : द राइज’ निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.