काठमाडौं ।
राजनीतिक घटना परिघटनाले नेपाली गीतसंगीतको चर्चा कमजोर बनिरहेको अवस्थामा सर्जकहरु पुन जुरमुराउन थालेका छन्। यसैबीच लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारले ‘पर्दा तानी नहेर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक गरेका छन्।
किरण के उप्रेतीको शब्द, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन्। मरुभूमि नारायणको छायांकन र मोहन सुनुवारको सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ। गीतको भिडियोलाई लिएर स्रोता दर्शकले सकरात्मक प्रतिक्रिया दिइरहेका छन्।