सुचना, समाचार र मनोरन्जन
Sarangi

रास्वपा सभापति लामिछानेको दोस्रो दिनको बयान सकियो

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो ।

यसअघि सोमबार पनि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएका थियो ।
रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए ।

उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । बयानका क्रममा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.