सुचना, समाचार र मनोरन्जन

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बेस्डर नियुक्त

काठमाडौं :

अभिनेता राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट समारोहबीच एम्बेस्डरमा नियुक्त भएका हुन्।

राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गर्दै एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्।

अध्यक्ष राठीले,’आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौं बिक्रेताहरूले बेचिरहेका छन्। राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ। उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो।’

यता अभिनेता हमालले कैयन् विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको समयमा यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बेस्डर बन्न राजी भएको बताए।

‘निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ,’उनले भने,‘पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ।’

Leave A Reply

Your email address will not be published.