सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय कलाकार संघ चितवनको गायक अमित र कलाकार रामलाई दश हजार सहयोग

चितवन :

कलाकारको दुःखको घाउमा मलहम लगाउने भनेको मनकारी कलाकारले नै हो । राज्यले लगाइदिएको राष्ट्रको गहना त अप्ठेरो पर्दा के काम ।

ग्यास पट्केर शरिर जलेका गायक अमित बराई र नाटक मञ्चनको क्रममा लडेर खुट्टा भाँचिएका कलाकार राम कोइरालालाई राष्ट्रिय कलाकार संघ चितवनले उपचार खर्च स्वरुप दश, दश हजार उपलब्ध गराएको छ । संघका अध्याक्ष लक्ष्मण नेपाल, कोषाध्यक्ष पिताम्बर आचार्य, उपाध्याक्ष रेनुका प्रधान, सचिव सुरेश चौधरी लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष आचार्यले जानकारी गराउनु भयो ।

Leave A Reply

Your email address will not be published.