काठमाडौ :
नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ वर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती ‘को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ। बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती ‘गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ।
नेपालको पहिलो गायक सेतुराम प्रधानले बि.स. १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए। नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो।
गएको दुई सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ ससारभरका नेपालीभाषी थप परिचित बनाउने उद्देश्य सहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ। गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र शोही अनुरुप भिडियो निर्माण गरिएको हो।
सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकार हरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गर्नु भएको छ भने गीतको प्रोड्युसर रश्मी प्याकुरेल हुनुहुछ भने म्युजिक नेपाल, सेन्सोडाइन टुथपेस्ट र करेन्ट चाउचाउ ले सहयोह गरेका छन्। कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बिजय रत्न तुलाधर र रास्ट्रिय युवा उद्धमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाइ पुरस्कृत गरिएको छ।