एजेन्सी :
नेपाली फिल्मका कलाकार तथा निर्देशकले आफ्नो जन्मदिनमा केहि न केहि आफ्ना दर्शकमाझ फिल्मको घोषणा गर्छन्। केहि समय अघि चित्राका अभिनेता तथा निर्माता सन्तोष अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म ‘तैँ चुप मै चुप’घोषणा गरेका थिए। यो फिल्म अहिलेसम्म घोषणा मात्रै भएको छ। निर्माणको टुङ्गो लागेको छैन। तर बलिउडमा भने अभिनेता रणवीर कपूरको ४२ औँ जन्मदिनमा ‘धूम ४’का लागि प्रवेश भएको छ। हलिउड हंगामाको समाचार अनुसरा उनको जन्मदिनको अवसर पारेर फिल्ममा अनुबन्ध गरिएको हो।
शनिबार रणवीरको ४२औं जन्मदिन परेको थियो। भारतिय मिडियाका अनुसार उनको जन्मदिनका अवसर पारेर यशराज फिल्म्स आफ्नो सफल ‘फ्रेन्चाइज’ ‘धूम’को चौंथो पार्ट निर्माणको तयारीमा अनुबन्ध गरेको हो। यसबारेमा अभिनेता रणवीरले जानकारी दिएका छैनन्। यशराज फिल्म्सले पनि पुष्टि गरेको देखिदैन। तर समाचारमा भने रणवीर अनुबन्ध भइसकेको समाचार प्रकाशति भइसकेको छ।
केहि दिन अघि रणवीरसँग निर्माता आदित्य चोपडा छलफलमा बसको पक्का थियो। निर्माता आदित्यले ‘धूम’मा रणवीर नै सही छनोट गर्ने कुरामा अगाडि बढेका थिए। यो फिल्मका लागि यसअघि ‘धूम ४’मा सुपरस्टारद्वय सलमान खान वा शाहरुख खानमध्ये कोही एकजना भित्रिन सक्ने चर्चा चलेको थियो। उनीहरुको चर्चाकाबीच रणवीर भित्रिएको समाचार बाहिरिएको हो।
यतिबेला यो फिल्मको स्क्रिप्ट आदित्यले विजय कृष्ण आचार्यले तयार पारिरहेका छन्। २ सय करोड बढीको लागतमा बन्न लागेको फिल्मको छायांकन २०२५ भित्रमा सुरु गर्ने निर्माण पक्षको तयारी छ। दुई दशक अघि प्रदर्शनमा आएको ‘धूम’मा जोन अब्राहम, अभिषेक बच्चन र उदय चोपडाले अभिनय गरेका थिए। त्यतिबेला ‘धूम’ले विश्वभर गरी ७२ करोडमाथि कमाएको थियो।