सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

फिल्म ‘रङ्गेली’को विदेशमा उच्च माग, नेपालका हलमा थपिँदै दर्शक

काठमाडौं :

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ। नेपालमा प्रदर्शनमा आएको फिल्मको विदेशमा समेत उच्च माग हुन थालेको छ। फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदीले नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आउन थालेको बताए।

उनका अनुसार फिल्म अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको छ। अब मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा पनि बिक्री भएको सुवेदीले बताए । अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको उनको भनाई छ।

जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ’एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ’लाइभ एट प्रिजेन्ट’ले ’रङ्गेली’ रिलिज गर्दै छन् । त्यस्तै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र ’एक्का बास्सा इन्टरटेन्मेन्ट’ले रिलिज गर्दैछन् ।

IVF Big

नेपालमा शुक्रवार रिलिज भएको यो चलचित्रलाई लिएर दर्शकको ’वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । चलचित्रको लम्बाई कम भएपछि दर्शकले झनै ’इञ्जोए’ गरेको निर्देशक सुवेदीले बताए । मङ्गलवारका अधिकतम शो हरूमा ७० प्रतिशत अकुपेन्सी देखिएको बताइएको छ । बुधवार धेरै हलहरूमा ५० प्रतिशत छुटको अफर रहेको कारण दर्शकको चाप थप बढी देखिएको छ ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

’रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

Leave A Reply

Your email address will not be published.