सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

भारतिय वितरकले किने नेपाली फिल्म ‘रङ्गेली’ : अब भारतमा पनि हिन्दी भाषामा रिलिज गरिने

काठमाडौं :

फागुन २५ गतेबाट प्रदर्शनरत नेपाली फिल्म ‘रङ्गेली’ अब हिन्दी भाषामा भारतमा रिलिज हुने भएको छ । निर्माण टिमले भारतिय कम्पनीले किनेपछि अब हिन्दी भाषामा भारतमा प्रदर्शन गर्न लागिएको हो।

फिल्मलाई युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले भारत वितरणको लागि अधिकार लिएको छ । एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’,‘ट्राफिक सिग्नल’,‘जन्नत’,‘न्युटन’ जस्ता फिल्महरू वितरणको अनुभव लिएको कम्पनी हो । यो कम्पनीले पर्सेप्ट पिक्चर कम्पनी र भारतका अन्य प्रमुख प्रोडक्सन हाउसहरूमा काम गर्दै आएको छ ।

IVF Big

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा फिल्म वितरण गर्छन् । रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिएका छन्। उनका अनुसार हाल यसको हिन्दी अनुवादको काम भइरहेको छ छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए ।

यो फिल्म यतिबेला नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए । त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि फिल्म प्रदर्शनको नजिक छ । प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । दोस्रो साताको शनिवारका प्रायः हलमा दर्शकको चाप देखिएको निर्देशक अर्जुन सुवेदीले बताए ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन्।

Leave A Reply

Your email address will not be published.