सुचना, समाचार र मनोरन्जन

असोज महिनाको मासिक राशिफल पढ्नुहोस

शुभप्रभात/
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई असोज महिना उपलब्धिमूलक रहनेछ। परिस्थिति अनुकूल बन्नाले विशेष काम गर्न सकिनेछ। सहयोगी र भौतिक साधन एकसाथ जुट्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ। सानो प्रयत्नले आर्थिक समस्या दिगो रूपमा सुल्झाउन सकिनेछ। बोलीको प्रभाव बढ्नेछ भने शैक्षिक उपलब्धिले मानसम्मान समेत दिलाउनेछ। टाढिएका आफन्तसँग पनि पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई असोज महिना सामान्य फलदायी रहनेछ। स्वास्थ्य भने केही कमजाेर रहन सक्छ, खानपानमा सजग रहनुहोला। समस्या पर्दा आफन्तले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले काम गर्न हौसला प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। बाैद्धिक प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। कृषि–उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ भने पशुपालनबाट पनि लाभ उठाउन सकिनेछ। पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। र, व्यावहारिक आवश्यकता पूरा हुनेछन्।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई असोज महिना केही संघर्षमय रहनेछ। पारिवारिक माहाेल बिग्रनाले लक्ष्यमा पुग्न अलि समस्या पर्ला। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद अउन सक्छ। आफ्नो अधिकार जोगाउन समयमा सगज रहनुपर्ला। अवसरका लागि अलि दौडधुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले चिताएको काम पूरा नहुन सक्छ। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। बलजफ्ती थालिएकाे काम बीचमा अपूराे हुन सक्छ। साथीभाइकाे सहयाेगले लाभ लनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई असोज महिना विशेष फालदायी रहनेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। बल, पराक्रम बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ। विभिन्न अवसर जुट्नाले यो महिना लाभदायक रहनेछ। रोकिएका काम बन्नेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ पनि मनग्य आम्दानी बढ्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ। सोखले फजुल खर्च बढाए पनि दीर्घकालीन योजना प्रारम्भ हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई असोज महिनामा सामान्य स्वास्थ्य समस्या देखिए पनि मनग्य उपलब्धि प्राप्त हुनेछ। केही विवादास्पद जिम्मेवारी आउनेछन्। आलोचकहरूले समय–समयमा दुःख दिनेछन्। यात्रा र किनमेलमा अधिक खर्च हुनेछ। वाणीको लय कठोर बन्नाले सहयोगीहरू टाढिन सक्छन्। विशेष काममा स्वयं जुट्नुपर्ने परिस्थिति आउन सक्छ। तर परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा आंशिक फाइदा हुनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाब सुल्झाउन सकिनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। कृषितर्फ नयाँ काम थालनी गर्ने समय छ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई असाेज महिनामा केही उतारचढाव आउनेछन्। तापनि कर्मयोगले स्थितिमा सुधार ल्याउन सकिनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। विभिन्न स्रोत–साधन जुटाउनुपर्ने आवश्यकता पर्न सक्छ। आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पुर्याउनेछ। साधकहरूमा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई बाटो देखाउन सकिनेछ। अभिव्यक्तिमा देखिने कठोर लयले भने सामाजिक समस्या समेत निम्त्याउन सक्छ। तथापि आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। सेयर तथा व्यापारका लागि महिनाको उत्तरार्ध फलदायी रहनेछ। अध्ययन र लेखनकलामा निखारता आउनेछ। विदेश ताक्नेहरूले केही समय प्रतीक्षा गर्नुपर्ला।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम गर्नुपर्ने समय छ। परिस्थितिवश ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। आफ्नो सम्पत्तिमा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। आफन्तबाट समेत टाढिनुपर्ने अवस्था आउन सक्छ। तापनि कर्मयोगले उपलब्धिमूलक यात्रा गराउन सक्छ। केही दौडधुप गर्नुपरे पनि व्यावहारिक चुनौती चिर्दै यो महिनामा विशेष अवसर हातपार्न सफल भइनेछ। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेश भ्रमण गर्ने मौका पाइनेछ। पछिका लागि लगानी गर्ने समय छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। लाभको आशा देखाएर ठगी गर्नेहरूबाट सजग रहनुहोला। अहिलेको संघर्षले पछिलाई फाइदा हुनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई आम्दानीका नयाँ स्रोत फेला पर्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। राज्यमा पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुनाले मन उत्साहित रहनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनाले मनग्गे धन आर्जन हुनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। तर, अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। सानो उद्देश्यका लागि ठूलो स्रोत परिचालन गर्नुपर्नेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही त्याग गर्नुपरे पनि सत्कार्यमा खर्च हुनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई कीर्तिमानी काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रतिभाको मूल्यांकन हुनेछ भने सानो प्रयत्नले दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। दिगाे व्यवसायमा लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट मनग्य फाइदा हुनेछ। अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश–विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। भौतिक साधनहरू जुट्नेछन्। पेसा–व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई असाेज महिना सामान्य फलदायी रहनेछ। अधिक परिश्रमले थकान र कमजोरी महसुस हुनेछ। लामाे समय अरूका लागि जुट्नुपरे पनि मिहिनेतले फाइदा उठाउन सकिनेछ। असल मित्र वा शुभचिन्तकको सहयोग प्राप्त भइरहनेछ। कृषि, व्यवसाय र सेयरतर्फ सामान्य फाइदा हुनेछ। महिनाको उत्तरार्धमा नयाँ व्यवसाय तथा दिगो काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। धर्मकर्म र समाजसेवामा प्रवृत्त भइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक तथा विचार मिल्ने सहयात्री फेला पर्नेछन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा अवसर खोज्ने समय छ, प्रयत्न गर्नुहोला।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई व्यवसाय र आयमूलक काममा मन्दी आउनेछ भने महिनाभरि अर्थ अभावले सताउन सक्छ। समयमा होश नपुग्नाले केही धनमाल गुमाउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि महिनाभरि आहार–विहारमा सजग रहनुपर्ला। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ। व्यवहारमा संघर्ष गर्नुपरे पनि खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ। परिवारजनले साथ दिनेछन्। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। अनीति र अन्यायको सिकार भइनेछ। केही जरिवाना, चोटपटक वा हाड–जोर्नीमा समस्या देखिएला। सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई असाेज महिना मिश्रित प्रकारको रहनेछ। काममा संघर्ष गर्नुपरे पनि यात्रा गर्ने साइत जुर्न सक्छ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा आम्दानी बढ्नुका साथै मनग्य धन सञ्चय गर्न सकिनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। स्वास्थ्यमा मौसमी समस्या आउने हुँदा आँटेका काममा केही विलम्ब हुनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव पनि कमजोर बन्न सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि व्यावहारिक ज्ञान बढ्नेछ। पारिवारिक उल्झनले सामाजिक काममा केही बाधा पुर्याउन सक्छ।

तपाईको समय शुभ रहोस…..

Leave A Reply

Your email address will not be published.