सुचना, समाचार र मनोरन्जन

आज साउन १० गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात/
२०८१ साउन १० गते   बिहीवार २५ जुलाई २०२४। श्रावण कृष्णपक्ष, चतुर्थी तिथि, ८ः०८ बजेपछि पञ्चमी। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १४ः५७ बजेपछि मीन।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रशस्त लाभ उठाउने समय छ। रोकिएका धेरै काम बन्नेछन् र धनआर्जन पनि राम्रै हुनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने योग छ ।

Gokarna Karki

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा दिगो काममा लगानी गर्ने अवसर जुट्न सक्छ। ऋणमोचन हुने सम्भावना छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
धर्मकर्म र परोपकारका काममा जुट्ने समय छ।  सामाजिक प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। रोकिएका काम बन्ने तथा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। साँझतिर व्यापार बढ्नाले विशेष लाभ हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोर मानसिकताले पछि परिनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
घुमफिर तथा मनोरञ्जनको समय छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु परास्त हुनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। हतारको निर्णयभन्दा मान्यजनको सुझाव लाभदायी बन्नेछ। साँझतिर केही काम अड्किन सक्छन्। अध्ययनमा धेरै समय जुट्न नसकिएला। तापनि गरी आएको कामबाट फाइदा उठाउन सकिनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही समय लागे पनि राम्रै उपलब्धि हातलागी हुनेछ।  चिताएको काम पनि सजिलै पूरा हुनेछ। फाइदा कम देखिए पनि प्रयास दोहोर्याउँदा अवश्यै काम बन्नेछ।साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले काम बिग्रन सक्छ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले रोकिएको काम थालनी ह्रुनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

तपाईको दिन शुभ रहोस…………

Leave A Reply

Your email address will not be published.