सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सभामा रिक्त हुने सदस्यको चुनाव माघ ११ गते हुने

सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आउँदो माघ ११ मा चुनाव गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतारको चार दिने औपचारिक भ्रमण पनि स्विकृत गरेको छ । कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलप्मेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा हुने भ्रमण बैठकले स्वीकृत गरेको हो ।

बैठक यही कात्तिक १७ देखि २० गतेसम्म छ । त्यस्तै मन्त्रीपरिषद्ले सङ्घीय संसदका पदाधिकारीहरु तथा सदस्यहरुको स्वकिय सचिवालयको दरबन्दी हटाउने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.