काठमाडौं :
यहि कात्र्तिक ३० गते प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रचारप्रसार तिब्र पारिएको छ। सोमबार निर्माण पक्षले काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसमा पत्रकारसँग फिल्मको बारेमा छलफल गरे हो। नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेका हुन्। हरिहर र नीताकै मुख्य भुमिका रहेको यो फिल्मको टिजर,पोस्टर तथा गीतले चर्चा बटुली सकेको छ।
फोटो : सुरेन्द्र थापा
सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको बारेमा चर्चा भएको थियो। निर्देशक चन्द्र पन्त,अभिनेता हरिहर अधिकारी,नीता ढुङ्गाना,विपना थापाले फिल्मको बारेमा चर्चा गरेका थिए। भारतिय फिल्मसँग केहि दृश्य मिलेको कुराले चर्चा पाएपछि निर्देशक पन्तले आफ्नो फिल्म कसैसँग पनि नमिल्ने र अज्र्ञानिक भएको बताए। द्धन्द्ध निर्देशकका रुचामा परिचित रहेका चन्द्र पन्तले यो पारिवारिक फिल्म रहेको बताए।
उनले भने,‘यो फेमिली र लभस्टोरी ड्रामा हो । अहिलेसम्म नसुनिएको नदेखिएको कथा हो। यसमा धर्मसँग सम्बन्धित कुरा पनि छन्। तर यो धार्मिक फिल्म होइन। यसमा संवेदना र सम्बन्धको कथा छ।’
हरिहर अधिकारीलाई उनले फिल्ममा लाउड अभिनय गर्न छुट नदिएको दाबी गरेका छन्। यहि फिल्मबाट पुरानी अभिनेत्री विपना थापाले पुनरागमन गरेकी छन्। लामो समयको अन्तरालमा उनी अभिनयमा फर्किएकी हुन्।
निकै उत्साहित देखिएकी अभिनेत्री थापाले भनिन्,‘सानैदेखि हलिउड र बलिउड कलाकारलाई चिनिन्थ्यो। हाम्रा नेपाली कलाकारलाई पनि ती ठाउँका कालकारले चिनोस् न भन्ने सानैदेखिको मेरो सपना थियो।’
उनको आशय बलिउड कलाकारसँग अभिनय गर्दा भारतमा पनि आफ्नो चर्चा हुने कुरा थियो। उनी यो फिल्ममा फिल्ममा मुख्य अभिनेता हरिहरकी आमाको भूमिकामा रहेकी छन्।
नेपाली अभिनेत्रीमा छुट्टै पहिचान बनाएकी नीता ढुङ्गानाले यो फिल्मबाट निर्माताको रुपमा आफुलाई उभ्याएकी छन्। अरुको फिल्ममा काम गर्दा र आफ्नो फिल्ममा लगानी सहित काम गर्नुपर्दाको तितो मिठो अनुभव सगालेकी छन्। पत्रकारका अगाडि उनले आफ्नो तितामिठा अनुभव समेत सेयर गरेकी छन्।
उनले भनिन्,‘प्रोड्युसर मात्र बनेको भए पनि हुने रहेछ । दुई–तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ। क्यामेरा पछाडिको तनाव अर्कै छ, फेरि क्यामेराअघि शतप्रतिशत अभिनय दिनुप¥यो। त्यो चीज गाह्रो हुने रहेछ, मलाई पनि कठिन भयो।’
४३ दिनमा फिल्मको छायांकन सकिएता पनि योफिल्म निर्माण थालेको २ वर्षमा मात्रै पुरा भएको हो। नेपाली र भारतिय कलाकारको जम्बो टोली राखेर निर्माण भएको यो फिल्ममा ६–७ करोड लागेको नीताको भनाई छ। उनले फिल्मको लगानी सुनाउँदै अब ५० करोडको फिल्म बनाउदा पनि तनाव झेल्न सक्ने भएको बताईन्।
त्यो दुई वर्षको अन्तरालमा थालेको फिल्म बन्ने हो की होइन भन्ने रहेको अवस्थामा तनाव झेलेकी नीताले निकै आँटिलो बनेकी छन्। उनी सुनाउँछिन्,‘अहिले लगभग ६–७ करोडको फिल्म बनायौं होला । भोलि गएर ५० करोडको फिल्म बनायौं भनेपनि त्यो किसिमको आँट चाहिं बटुलेकी छु।’
उनले थपिन,‘फिल्मको म्यानेज गर्न सक्छु भन्ने छ।’ उनको छेवैमा रहेका उनका श्रीमान तथा फिल्ममा अभिनेता हरिहर अधिकारी आफ्नो अभिनय गुणस्तर सुधार्न डेब्यु फिल्म ‘शुभ लभ’ले मद्दत गरेको बताए। फिल्ममा काम गर्दा सबै कलाकारले साथ दिएको हुनाले सहज भएको बताए। उनले पहिलो फिल्मको अनुभव सुनाउँदै भने,‘मेरो लागि त्यो फिल्म शुभ नै हो। काम गर्ने अवसर पाएँ। ह्रस्व दीर्घमा हाम्रो लगानी छ। ह्रस्व दीर्घ मेरो पहिलो फिल्म हुन्थ्यो भने सच्याउने अवसर पाए।’
चन्द्र पन्तको निर्देशन रहेको यो फिल्ममा हरिहर,नीताका अलवा रेखा थापा,विपना थापा लगायत दर्जनौ नेपाली कलाकारहरुको अभिनय रहेको छ। त्यस्तै साउथका चर्चित कलाकार ब्रह्मानन्दम, सुनिल वर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन्। यो फिल्मको पोस्टर,टिजर र गीतले चर्चा पाइरहेको छ।