सुचना, समाचार र मनोरन्जन
Sarangi

रास्वपाको सडक प्रदर्शन तत्काललाई स्थगित

काठमाडौं/

राष्ट्रिय स्वतन्त्र पार्टीले सडक प्रदर्शन तत्काललाई स्थगित गरेको छ । गत शनिबारदेखि पोखरामा दिनहुँ प्रदर्शन गरेको रास्वपाले शुक्रबार काठमाडौंमा विरोध गरेको थियो ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै विरोध प्रदर्शन गर्दै आएको छ । अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठकले निर्णय गर्ने रास्वपाको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी गराए ।

काठमाडौं जिल्ला समिति आयोजक र केन्द्रीय सदस्य पुकार बम संयोजक भएर शुक्रबारको विरोध कार्यक्रम गरिएको थियो । विरोध प्रदर्शनलाई उपत्यकाव्यापी बनाउने गरी पार्टीले निर्णय लिने श्रेष्ठले बताए । ‘विरोध कार्यक्रम गर्नका लागि उपत्यकामा पार्टीको एउटा संरचना बनाएर त्यसमा गर्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक समयावधि थपेको छ ।

Leave A Reply

Your email address will not be published.