सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

रवि लामिछानेको समर्थनमा पोखरामा व्यापक प्रदर्शन : राजनीतिक षड्यन्त्रको विरोध

पोखरा :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र समर्थकहरूले पोखराको शहीद चोकमा पार्टी सभापति रवि लामिछानेको समर्थनमा व्यापक विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको आरोप लगाउँदै सरकारको नीतिको विरोध गरेका छन्।

विरोध प्रदर्शनको नेतृत्व रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले गरेका थिए, जसमा सहकारी पीडितहरूको पक्षमा र सरकारको अन्यायपूर्ण कदमका विरुद्ध नारा लगाइएका थिए। प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड बोकेर न्यायको माग गरेका थिए। रास्वपा कास्की क्षेत्र नं। २ का सभापति अरबिन तुलाचनले यो विरोध कार्यक्रम निरन्तर चलिरहने बताएका छन्।

IVF Big

गोरखा मिडिया प्रा.लि.सँग सम्बन्धित सहकारी अपचलन काण्डमा लामिछानेसहित केही अन्य व्यक्तिहरूविरुद्ध संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि, रास्वपाका कार्यकर्ताहरूले यो कदमलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।

रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्ले आफ्नो १० दिने चीन भ्रमण छोट्याएर स्वदेश फर्किन तयारी गर्दैछन्, जबकि रवि लामिछानेले आफूमाथि भएको अन्यायको सामना गर्न डराउने कुनै कारण नभएको बताएका छन्।

रास्वपाले सहकारी पीडितहरूलाई सम्बोधन गर्दै सरकारको उदासीनता र रवि लामिछानेलाई फसाउन गरिएको षड्यन्त्रको विरोधमा एक हुन आह्वान गरेको छ। पार्टीका नेताहरूले अब सहकारी पीडितहरूको मुद्दामा नेतृत्व लिने प्रतिबद्धता जनाएका छन्। ुनिलो क्रान्तिुको शुरुवात भन्दै, रास्वपाले देशभरिका नयाँ शक्तिहरूलाई एकजुट भएर अन्यायका विरुद्ध लड्न आह्वान गरेको छ।

सहकारी पीडितहरूको समस्यालाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै, रास्वपाले यो आन्दोलनलाई न्यायको पक्षमा नयाँ ढंगले अगाडि बढाउने बताएको छ।

Leave A Reply

Your email address will not be published.