सुचना, समाचार र मनोरन्जन

ऋचा शर्माको ‘सारंग’को शुभ मुर्हुर्तसंगै सुटिङ सुरु

काठमाडौ :

बाल मनोबिज्ञानिक बिषयमा आधारित फिल्म ‘सारंग’को शुभमुहुर्तसंगै सुटिङ सुरु भएको छ। केही दिन अघि घोषणा गरिएको फिल्मको सुटिङ थालिएको हो।
निर्माण पक्षका अनुसार फिल्मको सबै सुटिङ काठमाडौ आसपासमै समापन गरिने निर्माण पक्षले जनाएको छ। प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्मको सुटिङ सेड्युल एक महिनाको छ। निर्देेशक तामाङकै लेखन रहेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा प्रस्तुत गरिदैछ।

यसअघि पनि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउछ्न ।

दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचाका साथमा उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भुमिकामा छन। फिल्मलाई बालदिवसको छेकोमा रिलिज गरिने निर्माण पक्षको योजना छ।

Leave A Reply

Your email address will not be published.