सुचना, समाचार र मनोरन्जन

हिरो–हिरोइन हुनलाई राम्रो हुनुपर्छ भन्ने सोच हट्यो : रेखा थापा

काठमाडौं :

फिल्म ‘हिरो’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी रेखा थापाको चर्चा सदावहार छ। एनले अभिनय गरेका अधिकांश फिल्मले ५१ दिन पार गरेका छन्। कतिले सय दिन समेत नाघेका थुप्रै उदाहरण रहेको छ। नेपाली फिल्म क्षेत्रमा हिरोइज बोकेकी रेखा थापाले केहि फिल्ममा आफै निर्देशन गरेकी छन्।

Gokarna Karki

केहि वर्षअघिसम्म रेखाले अभिनय गरेका फिल्मको पोस्टरमा उनको अनुहार राख्दा हलमा दर्शक भरिन्थेँ। तर अहिले अलिक फरक भएको छ। पहिला हिरो हिरोइन हेरेर हलमा जाने दर्शक अहिले कलाकार हेरेर जाने गरेका छन्। निर्मात्री तथा अभिनेत्री रेखा थापाले हिरो–हिरोइनले फिल्म चलाउने युग नरहेको तर्क गरेकी छन्। उनले एक अन्तर्वार्तामा हिरो हिरोइनले फिल्म चलाउने युग नरहेको बताएकी हुन्।

उनी भन्छिन्, ‘अहिले कलाकारले फिल्म चलाउने युग हो । हिरो–हिरोइनले हो जस्तो मलाई लागेन ।’

उनले थपेकी छन,‘पहिला हिरो–हिरोइनको पछाडि काम गर्ने कलाकारहरु अहिले अगाडि आएर कलाकारिताले फिल्म चलाइरहेको देख्दा मलाई गर्व महसुस हुन्छ।’

उनले फिल्म चलाउनका लागि हिरो हिरोइन राम्रो हुनुपर्छ भन्ने सोच हटेको बताएकी छन्। उनले फिल्म क्षेत्रमा रुपान्तरण भएको भन्दै सकरात्मक प्रतिक्रिया दिएकी छन।

‘हिरो–हिरोइन हुनलाई राम्रो हुनुपर्छ भन्ने सोच हट्यो,’उनले भनेकी छन्,‘यो हिसाबले फिल्म क्षेत्रमा रुपान्तरण त भएको छ, तर यसले मात्र पर्याप्त हुँदैन । हामीले बनाउने फिल्म पनि परिमार्जित हुनुपर्छ । र, हिरो–हिरोइनले पनि आफूलाई सुधार्नुपर्छ ।’

गत फागुन २५ गते उनी अभिनित फिल्म ‘उपहार’प्रदर्शनमा आएको थियो। यो फिल्मले केहि फिल्मसँग जुधेपछि व्यापारिक रुपमा असफल सावित भयो।

यसलाई अभिनेत्री थापाले स्वीकार गर्दै भन्छिन्,‘आगामी फिल्मका लागि मैले यो–यो रणनीति प्रयोग गर्नुपर्ने रैछ भन्ने ‘उपहार’बाट सिकेको छु । यद्यपि, दर्शकहरुले फिल्म एकदमै रुचाउनुभयो । तर, विडम्बना ! हाम्रो फिल्म २÷३ वटा जुध्छन् । जुधेपछि घाटा सबैलाई हुन्छ।’
पछिल्लो समय उनी छोरी वैभवीको हेरचाहमा समय बिताइरहेकी छन्। उनी यहि फुर्सदको समयमा आगामी कस्तो खाल्को फिल्म निर्माण गर्ने हो भन्ने बारेमा बिचार समेत गरिहेकी छन्।

Leave A Reply

Your email address will not be published.