सुचना, समाचार र मनोरन्जन
Sarangi

ग्रामीण बस्तीमा कालोपत्र सडक

 

नेपालगञ्ज : यहाँको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् ।

ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले बताए ।

“सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले सबैलाई आवतजावत गर्न सजिलो भएको छ”, उनले भने । थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवद्र्धन भएको बताए । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर दुरी छ भने शिवपुरीदेखि नेपालगन्ज पुग्न करिब १० किलोमिटर छ ।

 

जानकी गाउँपालिकाका सब इन्जिनियर विवेक श्रेष्ठले सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा सडक कालोपत्र भएको जानकारी दिँदै वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य भएको बताए ।

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा ५७ किलोमिटर सडक निर्माण भएको बताए ।

Leave A Reply

Your email address will not be published.