सुचना, समाचार र मनोरन्जन

रुपा गाउँपालिका :  ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

 

गण्डकी  :  कास्कीको रुपा गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयन भएपछि खानेपानी समस्या समाधान भएको छ ।

 

सोह्र हजार जनसङ्ख्या रहेको उक्त पालिकामा सङ्घ र प्रदेशका साथै  अन्य सामाजिक सङ्घसंस्थाको सहयोगमा उक्त कार्यक्रम कार्यान्वयन भएको पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए ।

 

गाउँपालिकाले खानेपानीलाई व्यवस्थित र दीर्घकालीन बनाउन कार्यविधि बनाएर मुहान दर्ता प्रक्रिया अघि बढाएको छ । पालिकामा हालसम्म आठवटा मुहान दर्ता भएका उनले बताए ।

Leave A Reply

Your email address will not be published.