सुचना, समाचार र मनोरन्जन
Sarangi

‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापालाई ‘ ड्याज्लीङ डिभा ’ अवार्ड

काठमाडौं :

भारतको जयपुरमा गत अक्टोबर ६ मा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ ड्याज्लीङ डिभा ’ अवार्ड जितेकी छन्। २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पारेकी हुन् । सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । रौतहटकी सबी १८ वर्षकी छन्।

प्रतियोगितामा जानु अघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए। सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन।

परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जिआरका अनुसार यो प्रतियोगिता एक सातासम्म चलेको थियो। सबीले शीर्ष उपाधि नजितेपनि विधागततर्फको उपाधि जित्न पाउँदा खुशी व्यक्त गरिन्।

Leave A Reply

Your email address will not be published.