सुचना, समाचार र मनोरन्जन

चौथो साधना म्यूजिक रिवार्ड – ०८० को मनोनयन प्रमाण पत्र प्रदान

काठमाडौं :

नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको चौथो साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । संघीय राजधानी काठमाडौमा आयोजित एक समारोहकाबीच उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा आयोजित समारोहमा नेपाली गीत संगीत क्षेत्रका विशिष्ट महानुभावहरु अतिथिका रुपमा थिए । सामना म्यूजिक क्रियशन प्रालिको आयोजना हुँदै आएको यो समारोहमा सामना म्यूजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापति रहेकी थिइन् । समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय विशिष्ठ अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल लगायतका व्यक्तित्व अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा अतिथिहरुले उत्कृष्ट मनोनयनमा पर्न सफल श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
साधना म्यूजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रुपमा रहेको थियो भने तेस्रो देखि भने रिवार्ड भएको हो । यस पटकको रिवार्डमा लोकदोहोरी तर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पप तर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायाकांर, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा रहेका छन् भने कार्यक्रममा सम्मान तथा दिर्घ साधना सम्मान रहने समेत बताइएको छ ।

कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पारेका थिए । प्रमुख अतिथि नारायण रायमाझीले शुभकामना मन्तव्य राखेका थिए । संचारकर्मी दीपज्योति थापाले कार्यक्रम संचालन गरेकी थिइन् भने अध्यक्ष सामना शाहले अव फाइनल कार्यक्रम असोजको पहिलो हप्ता गरिने बताइन् ।

Leave A Reply

Your email address will not be published.