कास्की :
नेपालमा पहिलो पटक सुजल डेरी प्रालिले आफ्नो उत्पादन ‘कुजिन लाइन’ सार्वजनिक गरेको छ। डेरीले हालै आफ्नो उत्पादन सार्वजनिक गरेको हो। सफल कुजिन लाइन सफल घ्यू, बटर नौनी र पनिरलाई बन्डल गरी बनाइएको सफल ब्राण्डको लाइन हो,जसमा सबै सफलका उत्कृष्ट उत्पादन परिकारमा प्रयोग गर्दा त्यो परिकार स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ । सफल कुजिन लाइन सफलमै छ असली स्वाद सन्देशका साथ बजारमा आएको हो।
कम्पनीका अनुसार सफल कुजिन लाइनका दुग्ध उत्पादन ताजा र स्वस्थ हुनुका साथ साथै यसको प्रयोग गरी बनाएका परिकारहरु स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने कुरामा कम्पनी विश्वस्त रहेको बताउँछ ।
सुजल डेरीले भनेको छः हरेक नेपाली भान्सा र भोजनमा उत्कृष्ट स्वादको अनुभुति दिलाउने र उत्कृष्ट विभिन्न नेपाली कुजिन बनाएका सर्वोत्कृष्ट सेफहरुले प्रयोग गर्दै आएका यी उत्पादनहरुमा स्वादमात्र नभई महत्वपूर्ण स्वास्थ्य लाभहरु समेत रहेका छन्। सुजल डेरीले दुग्ध पदार्थ प्रयोग हुने सम्पूर्ण परिकारको लागी सफल ब्रान्डको पनीर, घ्यू, बटर, नौनी, क्रीम एउटा छातामा राखी सजिलै सुलभ अनि उत्तम मूल्यम सम्पूर्ण उपभोक्तहरुलाई प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार सफल कुजिन लाइन नजिकको पसलदेखि देशभरिका विभिन्न सुपरमार्केट तथा मार्टहरुमा उपलब्ध गराएको छ। कुनै पनि परिकारलाई स्वादिष्ट र सर्वोत्कृष्ट बनाउनको लागि चाहिने सम्पूर्ण दुग्ध उत्पादनको जरुरत सफल कुजिन लाइनले आपूर्ति गर्ने कुरा पनि कम्पनीले जनाएको छ । क्ष्क्इ द्दद्दण्ण्ण्ःद्दण्ज्ञड प्रमाणित कम्पनी, सुजल डेरी प्रालिका यी उत्पादनहरु उच्चतम गुणस्तर तथा सुरक्षाको मापदण्ड अनुरुप रहेको कम्पनीले दाबी गरेको छ ।