पोखरा,
बसपार्कको सहारा बाल आधारभूत विद्यालयमा २ वर्षका लागि युथ एक्टिभिटिज शिर्षककमा जापान अन्तराष्ट्रिय सहकार्य एजेन्सी (जाईका) ले १ स्वयंमसेवक शिक्षक उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले वताईन् ।
अन्ना चुसिमा नाम गरेको स्वयंमसेवक शिक्षकले आगमाी २ वर्ष उक्त विद्यालयमा सेवा गर्नेछिन् । एक कार्यक्रमका विच जाइकाको टोलि सहित अन्नालाई विद्यालयमा स्वागत गरिएको थियो । जाईका भोलेन्टियर सेक्सन नेपालका सिनियर कार्यक्रम प्रमुख राघव कायस्थ, जाईका नेपालका जापानी प्रतिनिधीहरुलाई स्वगत गर्दै विद्यालयका अध्यक्ष विक्रम थकालीले आगमी वसाई फलदाई रहने अपेक्षा सहित शुभकामना व्यक्त गरे । सोहि क्रममा यस्ता कार्यक्रमहरुले २ देश विचको सम्वन्ध सुमधूर हुने धारणा राख्दै विद्यार्थीहरुले पनि थप नयाँ ज्ञान हाँसिल गर्ने आशा व्यक्त गरे ।

नव आगन्तुक स्वयंमसेवक अन्नाले पनि आफ्नो परिचय दिदै नेपाल वसाई अत्यन्त अविश्मरणीय रहने विश्वास गरिन । साथै आगमी वसाईमा यहाँको वातवरणमा घुलमिल हुन सम्पूर्ण विद्यालय परिवारलाई सहयोग गरिदिन अनुरोध पनि गरिन ।
जाईकाका राघव कायस्थले पनि विद्यालय र स्वयंमसेवक शिक्षकको सम्वन्ध प्रगाढ रेहमा कार्यक्रमको उपलब्धि हाँसिलमा सहायत पुग्ने अपेक्षा व्यक्त गरे । विद्यालयका शिक्षक रुद्र बहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो ।