सुचना, समाचार र मनोरन्जन
Sarangi

छोरी सलिनालाई राखेर शोभितले थाले ‘हामी छौं’ को सुटिङ

काठमाडौं :

डकुड्रामा ‘हामी छौं(सिजन १)’को सुटिङ सुरु भएको छ । शोभित बस्नेतडकुड्रामाको प्रस्तुतकर्ता रहेको डकुड्रामाको चित्लाङबाट सुटिङ थालिएको हो।

सलोन सलिना फिल्सम्को प्रस्तुतीमा निर्माण भइरहेको यसलाई आगामी दशैंमा ओटिटी प्लेतफर्मबाट रिलिज हुनेछ । सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिकामा अभिनय रहने डकुड्रामामा त्रिसना क्षेत्री,सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकीलगायतको अभिनय छ।

डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । उनले गीतबाट डकुड्रामाको छायांकन सुरु गरिएको जानकारी दिए । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको।

डकुड्रामामा रामजी राउत क्रिएटिभ डिरेक्टर, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ । यसको सुटिङ अवधि ४५ दिन रहनेछ।

Leave A Reply

Your email address will not be published.