सुचना, समाचार र मनोरन्जन

सलमान खानको हत्या गर्न सुटरलाई २५ लाख भारु सुपारी

काठमाडौं :

बलिउड अभिनेता सलमान खानको हत्या गर्नका लागि २५ लाख रुपैया भारु खर्च गरिएको सुचना प्राप्त भएको छ। भारतिय प्रहरीले सलमानको घर बाहिर १४ अप्रिलमा भएको फायरिङ गर्नेलाई लरेन्स बिश्नोई ग्याङले २५ लाख भारुको सुपारी पाएको बताइएको छ।

सलमानको घर बाहिर फायरिङ गर्ने बिशेई ग्याङका ५ जना आरोपीविरुद्ध मुद्दा दायर गरिसकेको छ । सिद्धू मुसेवालाको झैं सलमानको पनि हत्या गर्ने उनीहरुको रहेको भारतिय प्रहरीको दाबी छ । उनीहरुसँग प्रहरीले सोचपोज गर्दा सलमान खानको हत्या गर्नका लागि २५ लाख भारु सुपारी दिएको उल्लेख गरिएपछि यो जानकारी बाहिर आएको हो।

प्रहरी अधिकारीका अनुसार मुद्दामा विश्नोई ग्याङले पाकिस्तानबाट अत्याधुनिक हतियार एके–४७, एके–९२ र एम–१६ का साथै ट्रकीमा बनेको जिगाना पेस्तोल समेत खरिद गर्ने तयारी गरेका थिए। तिनै हतियारले पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या गरिएको थियो । बिश्नोई ग्याङले त्यस्तै हतियारको प्रयोग गरी सलमानको पनि हत्या गर्ने योजना बनाएको प्रहरी समक्ष उनीहरुले बयान दिएको भारतिय मिडियामा उल्लेख गरिएको छ।

प्रहरीको चार्जसिटमा बताए अनुसार सलमानको हत्याको योजना अगस्ट २०२३ देखि अप्रिल २०२४ को बीचमा रचिएको थियो । त्यसका लागि ६०–७० जना व्यक्ति सलमानको निगरानीमा खटाइएको थियो । प्रहरीले सलमानको हत्याका लागि १८ वर्षभन्दा कम उमेरको किशोरलाई प्रयोग गरिएको दाबी गरेको छ। प्रहरीले सबै सुटर गोल्डी ब्रार र अनमोल बिश्नोईको आदेश पर्खिरहेको उल्लेख गर्दै आदेश आउनासाथ सलमानमाथि आक्रमण गर्ने उनीहरुको योजना थियो । सबै सुटर पूणे, रायगढ, नयाँ मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका थिए।

Leave A Reply

Your email address will not be published.