सुचना, समाचार र मनोरन्जन

को सँग बिहे गर्दैछन् सलमान खान?

काठमाडौं :

बलिउडका अविवाहित अभिनेता सलमान खान विवाहको तयारीमा जुटेका छन्। हरेक प्रेसमिटमा बिहे कहिले हो भन्ने पत्रकारको प्रश्नलाई अब बन्द गरिदिने तरखरमा उनी लागेका छन्।

५८ वर्षका सलमानले कहिले र कोसँग बिहे गर्छन् ? भन्ने कुराको चासो फिल्मीनगरीमा हुन थालेको छ। अझ बढि यो प्रश्नको जवाफ सुन्नका लागि सलमानका सारा फ्यानहरु आतुर देखिएका छन्।

सलमानको विवाहको कुरा उनी स्वयमले निकालेका हुन्। रियालिटी शो बिग बोस १७ का को वीकेन्डका वारको एपिसोड उनले आफ्ना बिहेबारे रमाइलो किस्सा सुनाएका छन्। जुन अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ। यो एपिसोडमा बलिउड अभिनेत्री तब्बु अथितिका रुपमा आएपछि एक अर्कासँग मस्ती मजाक गर्दै दुवै स्टारले आ–आफ्नो बिहेबारे चर्चा गर्दा सलमानले आफुले पनि बिहे कुरा निकालेका थिए।

जसमा अभिनेत्री तब्बुले आफु र सलमानले बिहे गरेका छैनौँ। अनि आफ्नो भागको फेरा पनि गराइरहेका छौँ भन्नै रहस्य खोलेकी थिइन्।
उनी भन्छिन्, ‘म र सलमान बिहे गरिरहेका छैनौं, अनि आफ्नो भागको बिहेको फेरा पनि अरुलाई गराइरहेका छौँ ।’ यहि मेसोमा सलमानले पनि हामी बिहे अवश्य गर्छौ भन्दै आफ्ना फ्यानलाई शुभ संकेत दिएका छन्।

उनले भने,‘हामी ह्विल चेयरमा बसेर बिहे गर्नेछौँ अनि आगोमा जानेछौँ ।’

सलमानको भाईले पनि हालै ५६ वर्षको उमेरमा दोस्रो घरजम गरेका छन्। केही दिनअघि मात्रै सलमान खानका भाइ अरबाज खानले ५६ वर्षको उमेरमा दोस्रो बिहे गरेका हुन्। सलमान अभिनित पछिल्लो फिल्म ‘टाइगर ३’ हो।

Leave A Reply

Your email address will not be published.